२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ नेपालमा थप ११ जना संक्रमितले ज्यान गुमाउदा, आज थपिए यति संक्रमित ?

नेपालमा थप ११ जना संक्रमितले ज्यान गुमाउदा, आज थपिए यति संक्रमित ?

काठमाडौं,५ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ९३२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५८ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार