२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ करिब ६ लाख पचास हजार बराबरको अबैध काठ प्रहरी नियन्त्रणमा

करिब ६ लाख पचास हजार बराबरको अबैध काठ प्रहरी नियन्त्रणमा

रुपन्देही,५ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतका निम्न प्रहरी ईकाईहरुले  अबैध काठहरु फेला पारी स्थानिय व्यक्तिहरुको रोहवरमा बरामद गरि आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कार्तिक ४ गते साँझ रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका १ खुनगाई स्थित  रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका १० पिपलपतिया बस्ने २७ बर्षका जितेन्द्र यादबले लु १ त १२६१ नं.को ट्याक्टरमा अबैध रुपमा बिना कागजात सिसौको करिब ४ लाख बराबरको ( ट्याक्टर सहित ) १५ गोलिया काठ ओसार पोसार गरिरहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय पठाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय रुद्रपुर मातहत प्रहरी चौकी ब्यहोरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ४ गते रुपन्देही कञ्चन गाउँपालिका वडा नं. १ कुत्तागाउ स्थित लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरेको सालको काठ गोलिया १ थान र खाली जमिनमा रहेको ३ गोलिया गरी जम्मा ४ गोलिया अबैध सालको काठ ( ३८.७२ क्युफिट र मोटरसाईकल समेत ) गरि करिब २ लाख पैतालिस हजार बराबरको अबैध सालको काठ बरामद गरि आवश्यक कारवाहीको लागि
कञ्चन सब डिभिजन कार्यालय फायरलाईन रुपन्देही पठाएको  प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार