२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालमा आज थप २४२ जनामा कोरोना पुष्टि, यी जिल्लामा सक्रिय संक्रमित शून्य

नेपालमा आज थप २४२ जनामा कोरोना पुष्टि, यी जिल्लामा सक्रिय संक्रमित शून्य

काठमाडौं,४ मंसिर। पछिल्लो २४ घण्टामा २४२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ४ हजार १४५ पीसीआर र २ हजार ९९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ७८७ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३०३ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ ।

उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । २३४ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

देशभर दुई वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं र ललितपुर जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ५१२ र ललितपुरमा ५५७ जना सक्रिय संक्रमित छन् ।

यस्तै आठ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा कोरोनाको दुई सय बढी सक्रिय संक्रमित छन् । ओखलढुंगा, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा र जाजरकोटमा सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार