गृहपृष्ठ विश्व बालदिवसको अवसरमा निः शुल्क स्वास्थ्य परिक्षण शिबिर
विश्व बालदिवसको अवसरमा निः शुल्क स्वास्थ्य परिक्षण शिबिर
बुटवल ,४ मंसिर। विश्व बालदिवसको अवसरमा लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा शनिबार तिलोत्तमा नगरपालीका कोटिहवा स्थीत रहेको अविनास अनाथ आश्रममा रहेका २६ जना बालबालिकालाइ स्वास्थ्य परिक्षण गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएका बालबालीकालाई औषधि उपचार पनि क्लबले गर्ने लायन्स स्टार्सका अध्यक्ष अन्जिल खानले बताए । कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बि २ का भ्वाइस डिष्ट्रिक गर्भनर नवराज न्यौपानेले नाम जस्तै काम गर्दै आएको छ जुन नयाँ कन्सेप्टका साथ स्वास्थ्य चेकजाँच र यसभन्दा पहिला बालबालिकाको कोभिडको स्वास्थ्य बिमा क्लब गरेको कुरामा प्रशंसा गरे ।
कार्यक्रममा डा.प्रशान्त गुप्ता ,डा.श्रीराम पन्थी, डा.बिनीता ज्ञवालीको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । रिजन चेयरपर्सन एम एल पाण्डे अनाथ आश्रमका बालबालिकालाई शिबिरले धरै सहयोग पुगेको र अन्य सहयोगहरु चाहिएमा क्लबले सहयोग गर्ने बताए । त्यस्तै कार्यक्रममा लियो क्लब अफ बुटवल स्टार्सका अध्यक्ष बिनोद जैसवाल, अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, स्टार्सका सहसचिव डिएस भट्टराई लगाएतले आफ्नो धारणा राखेका थिए ।





