२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ न्यू होराइजन ICT क्लबले जिल्ला स्तरीय श्रव्य दृश्य हाजिरीजवाफ प्रतियोगिता गर्दै

न्यू होराइजन ICT क्लबले जिल्ला स्तरीय श्रव्य दृश्य हाजिरीजवाफ प्रतियोगिता गर्दै

बुटवल। न्यू होराइजन आइसीटी (ICT) क्लब बुटवलले यहि मंसिर ११ गते  जिल्ला स्तरीय श्रव्य दृश्य (VISUAL) हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको छ । क्लबले प्रतियोगितामा सहभागिता जनाउनका लागि रुपन्देहीका विभिन्न विद्यालयमा पत्र पठाइसकेको छ । २१औं सताब्दीमा “ICT” प्रयोगलाई प्रयोग गर्दै आयोजना गर्न लागेको यो प्रतियोगितामा धेरै बिद्यालयहरुलाई सहभागिता जनाएर आफ्ना विद्यार्थीहरुको दक्ष्यता प्रष्फुटन गराइ उनीहरुको हौसला बढाईदिन क्लबले अनुरोध गरेको छ ।

कार्यक्रमलाई EXPERT EDUCATION AND VISA, बुटवल टुडे राष्ट्रिय दैनिक, ALUMNI NEW HORIZON, ICI COMPUTER INSTITUTE, Nepal e-com. concern, New Horizon sport club, CAN Federation Rupandehi, Micro tech,भैरब टेक्नोपार्क, DYNAMIC technosoft pvt.ltd.,  Interact club of New Horizon लगाएतका विभिन्न संस्थाहरुले सपोर्ट गरेका छन् भने मिडिया पार्टनरका रुपमा udayemaan.com, glowalaawaj.com रहेका छन् ।

कार्यक्रममा धेरै विद्यालयको सहभागिता जनाउने कुरामा आशावादी रहेको  कुरा क्लबका अध्यक्ष बिराज कुँवरले ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार