२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ नेपालमा आज संक्रमणबाट ४ जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित

नेपालमा आज संक्रमणबाट ४ जनाले ज्यान गुमाउदा,थपिए यति संक्रमित

काठमाडौं,६ मंसिर। पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ ।

कुल संक्रमितमध्ये ७ हजार २६९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ । उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा देशभर ७१ हजार ४८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ३० दशमलब १ प्रतिशतले पहिलो मात्रा र २६ दशमलब २ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार