२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा निको हुने संख्या बढी

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा निको हुने संख्या बढी

काठमाडौं,३ पुष। पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ६०३ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ४२८ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ६०३ पुगेको छ ।

उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ । हाल ९८ जना क्वारेन्टाइनमा छन् । १०६ जना आइसीयू र २४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार