२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ नेपालमा आज एकैदिन १५ जना संक्रमितले ज्यान गुमाउदा, थपिए यति संक्रमित ?

नेपालमा आज एकैदिन १५ जना संक्रमितले ज्यान गुमाउदा, थपिए यति संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको छ । १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार