गृहपृष्ठ पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमित थपिए हेर्नुहोस्
पछिल्लो २४ घण्टामा कुन उमेरका कति संक्रमित थपिए हेर्नुहोस्
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ८ हजार १७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १३१ जना र ११ देखि २० वर्षका २७४ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका १ हजार ९८४ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि १ हजार ५५७ जना रहेका छन् । ४१ देखि ५० वर्षका ७८९, ५१ देखि ६० वर्षका ५४२ जना, ६१ देखि ७० का ३०५ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका १४८ जना रहेका छन् । ८० वर्षमाथिका ६५ जना संक्रमित भएका छन् । २१ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ९० हजार ५७६ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






