२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ देशभर आजदेखि सबै नागरिकलाई बुस्टर डोज

देशभर आजदेखि सबै नागरिकलाई बुस्टर डोज

काठमाडौं । सरकारले आज (आइतबार) देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड(१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निणर्य भएको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले मिक्स म्याचको अवधारणा अनुसार बुस्टर डोजमा फरक(फरक खोप पनि दिएको थियो । कोभिड-१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार