२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ कोरोना अपडेट : नेपालमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना अपडेट : नेपालमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ५७ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार २ सय २७ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २८ जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार