२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृ’त्यु २४ जना घा’इते

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृ’त्यु २४ जना घा’इते

रुपन्देही । रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

आइतबार बिहान पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिले पनि उद्धार कार्य भइरहेको छ । अहिलेसम्म ३३ जनालाई भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवा लगिएको छ ।

घाइते अधिकांश अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बस पुलबाट नदीमा खसेको हो । प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार