२०८३ साउन १० गते आइतवार | July 26, 2026

गृहपृष्ठ नेपालमा आज शनिबार थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज शनिबार थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परीक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परीक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार