२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११,९८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार