गृहपृष्ठ रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर ३१ बर्षीय विकास गुरुङ घाइते
रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर ३१ बर्षीय विकास गुरुङ घाइते
रुपन्देही । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएका छन्। रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चल्दा गुरुङ घाइते भएका हुन्। गतराति पौने ९ बजे भएको उक्त घटनामा घाइते भएका गुरुङको युनिर्भसल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका गुरुङलाई गोली प्रहार गरेपछि सो समूहले सिदार्थ कटेजबाट २५ हजार लुटपाट गरेर भागेका छन्। गोली प्रहार र लुटपाटमा सलग्नहरुको खोजी कार्य जारी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।





