२०८२ वैशाख ११ गते बिहीवार | April 24, 2025

गृहपृष्ठ नेपालमा आज थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

नेपालमा आज थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परीक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार