गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप २७१ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थपिए थप २७१ जना कोरोना संक्रमित
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परीक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





