२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपालमा आज थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ८८ जनाको पिसिआर र एक हजार चार सय ३६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक सय ६५ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या नौ लाख ८५ हजार पाँच सय ६० पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार