गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४४८ पिसिआर परीक्षणका क्रममा १४ जना र ४ सय ४० एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप ४४ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





