गृहपृष्ठ कार्तिक २ गते देखि ८ गतेसम्मको साप्ताहिक राशिफल
कार्तिक २ गते देखि ८ गतेसम्मको साप्ताहिक राशिफल
मेष: राम्रो समय छ।धन,धर्म , प्रतिष्ठा बढ्ने छ।कृषि तथा ब्यापार बाट फाइदा हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला ।बिपरित लिङ्गी को सहयोग मिल्ने छ।मुद्दा मामिलामा फैसला तपाईंको पक्षमा हुनेछ।
वृष: अनुकुल समय छ । रोकिएको धन हाता पर्ने छ ।आफन्तको सहयोगले कार्य सम्पादन हुनेछ । मन प्रसन्न रहने छ । धार्मिक यात्राको योग छ। ब्यापारमा फाइदा हुनेछ । पारिवारिक सुखशान्ती मिल्ने छ । स्वास्थ्यमा भने केहि चुनौती सामना गर्नु पर्नेछ ।
मीथुन: तपाईंको लागी यो समय आफ्नो पक्षमा रहेको छ। जागीर नोकरीमा पदोन्नति हुनेछ ।प्रेममा सफलता मिल्नुका साथै कारोबारमा फाइदा हुनेछ ।आत्म सन्तुष्टि मिल्नेछ ।आफन्तसंग भेटघाट हुनेछ ।
कर्कट: समय सामन्य छ । स्वास्थ्यमा चिसो सम्बन्धि बिमारले सताउने छ । ५ गतेपछि राम्रो समय छ ।पठनपाठन तथा लेखन कार्य मा रुचि बढ्ने छ।प्रेममा सफलता मिल्ने छ।
सिह: तपाईंकोलागि यो समय निकै राम्रो छ । मान प्रतिष्ठा बढ्ने छ। यात्रा र सहयात्रा सफल हुनेछ ।सभासम्मेलनमा सहभागी हुने योग छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ। ब्यापारमा फाइदा हुनेछ ६ गतेपछि केहि चुनौती देखा पएने छ्न् ।
कन्या : सामान्य समय छ ।आय ब्याय बराबर हुनेछ ।आफन्तबाट धोका हुन सक्छ ।पारिवारिक बिवाद बढ्न सक्छ।बुधबार पछिका दिन राम्रा छ ।लक्षित लक्ष्य पुर्ती हुनेछ। स्वास्थमा सुधार आउने छ।गरिएका काम बाट सन्तुष्टि मिल्ने देखिन्छ ।मन प्रसन्न रहने छ।
तुला : भाग्योदयको समय छ। धर्मकर्म प्रति रूचि बढ्ने छ। सभा सम्मेलन सहभागी हुने योग छ । रोजगारमा पदोन्नति हुनेछ। शिक्षा तथा खेलकुदमा रुचि बढ्ने छ।४ गते पछि कार्यमा केहि चुनौती सामना गर्नु पर्ला ।स्वास्थमा समस्य आउन सक्छ ।
वृश्चिक : समय मध्यम छ । आय ब्याय बराबर हुनेछ ।ब्यापारमा केहि नोक्सानी बेहोर्नु पर्नेछ । आफन्त भनिएका बाटै धोका हुनेछ , ५ गतेपछि राम्रो समय आउने छ ।आट उत्साह बढ्ने छ।परिक्षा सफल हुनेछ ।
धनु: राम्रो समय छ । गरिएका काम बाट सन्तुष्टि मिल्ने छ।बिद्यामा प्रगति हुनेछ ।सन्तान पक्षबाट सहयोग मिल्ने छ ।खानपिनमा रुचि बढ्ने छ ।धार्मिक तथा परोपकारीक क्षेत्रमा रुचि बढ्ने छ।
मकर: उत्तम समय छ ।राजनीतिक क्षेत्रमा राम्रो छ।कारोबारमा फाइदा होला।गरिएको काम बाट सन्तुष्टि मिल्ने छ । शुभ समाचार सुन्न पाइने छ।आकस्मिक यात्रा हुनेछ ।मन प्रसन्न रहने छ।
कुम्भ: सामान्य समय छ । अनावश्यक खर्च बढ्न सक्छ ।पारिवारिक विवादले सताउन सक्छ ।बुधबार पछिका दिन राम्रो छ । भाग्योदयको योग छ।प्रेम प्रस्ताव आउन सक्छ।
मीन: उत्तम समय छ। धर्म तथा अध्यात्ममा रुची बढ्नेछ ।ब्यापार व्यवसायबाट फाइदा होला , मिष्टान भोजन प्राप्ति हुनेछ ।मान प्रतिष्ठामा वृद्धि होला।परिक्षा सफल हुनेछ ।
प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक रूपन्देही सम्पर्क : ९८५७०३५४६१