२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ पशुपतिनाथ दर्शन गरि हेर्नुहोस् आज जेठ २० गते शुक्रबारको तपाईंको राशिफल

पशुपतिनाथ दर्शन गरि हेर्नुहोस् आज जेठ २० गते शुक्रबारको तपाईंको राशिफल

मेष : मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

वृष : आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

मिथुन : रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन्। जागिर र कर्म प्रति चिन्तन बढ्नेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ।

कर्कट : आज पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

सिंह : आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता पनि लिनसक्छ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या : फजुल खर्चले चिन्ता बढाउनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ।

तुला : विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। नयाँ भौतिक साधनको योजना बन्ला। पारिवारिक रमाइलो समेत हुन्छ।

वृश्चिक : लामो समयदेखि रोकिएका अधुरा काम पुरा हुन सक्छन् । मङ्गल कार्यको योजना बन्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ।

धनु : रचनात्मक कार्यमा मन जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ।

मकर : सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य प्रति सजग रहन जरूरी छ।

कुम्भ : आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ। सन्तानबाट सुख पनि मिल्ला।

मीन : प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार