२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ NTC ले ल्यायो कल फ्रि सुविधा ! पुरा समाचार पढ्नुहोस

NTC ले ल्यायो कल फ्रि सुविधा ! पुरा समाचार पढ्नुहोस

नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ । यो बेला ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो । लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अपरिहार्य थियो । ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ ।

यो पनि

गुल्मीको रुरुमा महामारीका लागि सचेतना कार्यक्रम

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा रुरुक्षेत्र गाउँपालिका कमिटीका इन्चार्ज हिमाल श्रेष्ठले आफ्ना नेता तथा कार्यकर्तालाई यस कोरोना महामारीको समना गर्न आफू हरेक क्षेत्र बाट सहयोगी भुमिका खेल्न आग्रह गर्नु भएको छ । नेता हिमाल श्रेष्ठले सम्पुर्ण एमालेका नेता तथा कार्यकर्ता लाई आज मात्र नभएर समाजका हरेक समस्या ,हरेक गतिबिधिमा आफुहरु हटलाइमा रहन निर्देशन समेत गर्नुभएको छ । समाजमा हरेक समस्याहरु सधै रहने गरेको र सबैको पहुँच सरोकारवाला निकाय समक्ष नगपुग्ने गरेको तथा पुगेपनी कतिपय समस्या मा सरोकारवाला निकाय मौन हुने गरेको ले स्थानिय समाज र नागरिको गुनासो समाधान का लागि यस्तो गर्नुपर्ने उहाको भनाइ रहेको छ ।

 

नेता हिमाल श्रेष्ठका अनुसर स्थानीय तहमा कृषक तथा उपभोक्ता समितिमा निकै समस्या हुने गरेको,महिला हिम्स ,उत्पीडित हिम्स ,लागाएत निकै साना र ठुला समस्या हुने गरेको पाइएकोले उहाँहरु माझ साझेदारीको रुपमा ,समन्वयको रुपमा रहेर काम गर्न को लागि एमाले कार्यकर्ता हटलाइन रहेर काम गर्न आफ्ना सम्पुर्ण कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

 

यसैबिच नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटी अन्तगत १ नम्बर वडा कमिटिले रिडी बजार र आसपासमा रहेका घरघरमा पुगेर सबै ब्यक्त्तीलाई भेटेर,कोभिडबाट सुरक्षित रहनको लागि अनिवार्य मास्क लगाउने ,अधिकतम सेनिटाइजरको प्रयोग गर्ने,साबुन पानी ले पटक पटक हात धुने,साथिभाइ सङ्ग हात नमिलाउने,जमघट र भेला नगर्ने ,र शहरी क्षेत्र र दोस्रो मुलुक बाट आउनुहुने महानुभब लाई आ आफ्नै घर मा कम्तिमा१० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न लगाउने, अनावश्यक हिडडुल भनी सबै लाई भेटेर भन्नुका साथै ठाउँ ठाउँ मा कोभिड बाट वचन को लागि अपनसुनु प्रने बिधिबारे सचेतता मुलक पोष्टर बनाएर टाँसेको १ कार्य गरेको नम्बर वडा कमिटि सचिव चिरञ्जीवी ज्ञवालीले जनाउनु भएको छ। यस कार्य मा जीवन मेडेकल हल का प्रोप्राइटर जीवन कुवर र रुरु ड्रग सप्लायर्स का प्रोप्राटर बासु ज्ञवालीले माक्स सौजन्य गर्नु भएको थियो ।

 

नेकपा एमाले यहि कमिटी र भण्डारी स्पोर्ट्स एकेडेमी रुरुक्षेत्र गाउँपालिकाको अगुवाइमा गत बर्ष पनि कोरोनाको महामारीको पहिलो चरणमा घरघरमा पुगेर सचेरना दिनुका साथै टिमले माक्स सेनिटाइजर,बितरण गरेको थियो ,मदन स्पोर्ट्स एकेडेमी रुरुको टिमकै अगुवाइमा दोस्रो चरणमा कोभिड सङ्क्रमितको घरघरमा पुगेर मनोवन उच्च राख्नको लागि गुर्जो,बेसार,ज्वानो,टिमुर,साबुन ,माक्स ,सेनिटाइजर ,गोलोब्स ,लगाएतको समाग्रीको पोका बोकेर पुगेको मदन भण्डारी स्पोर्ट्स एकेडेमि रुरुका अध्यक्ष चिरञ्जीवी ज्ञवालीले जनाउनु भयो। ज्ञवाली का अनुसार कोरोना महामारी को पहिलो चरणमा टिम ले विभिन्न ठाउँमा बाट अलपत्र भएर आउनु भएका दैनिक सयौका सङ्ख्याको नागरिकलाई खानपिनको ब्यबस्था मिलाइ उचित गन्तव्यमा पुग्न उनिहरुको स्थानिय र यहाँको जिल्ला प्रसासन कार्यालयसङ्ग समन्वय गरि उनिहरुको गन्तव्य सम्म पुर्‍याउन मद्दत गरेको थियो।

यसरी काम गर्ने टिममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु हिमाल श्रेष्ठ ,यमनारायण भण्डारी ,प्रेम भण्डारी,शैलेन्द्र दर्लामी,तारा सुवेदी,नवराज बिक,चिरञ्जीवी ज्ञवाली,माधव ज्ञवाली ,शोभित थापा,धना राना,कमला भण्डारी लगायतको टिम रहनु भएको छ।
यस टिमले समाजमा विभिन्न काम सहयोगी भुमिका खेल्दै आएको छ भने यस पटक पनि महामारी रोकथाम को लागि सहयोगी भुमिकामा आफूहरु फ्रन्टलाइमै रहने १ नम्बर वडा कमिटिका अध्यक्ष नवराज बिकले जनाउनुभएको छ ।

 

बिकका अनुसार रुरुक्षेत्र जिल्लाको प्रबेसद्वार भएको र यहाँ धेरै समस्याहरुपर्ने भएकोले आफ्नो पार्टीको तर्फबाट छुट्टै हेल्पडेक्स समेत राखिने जनाउनुभएको छ ।

 

नेकपा एमाले का जिल्ला सचिवालय सदस्य तथा रुरुक्षेत्र गाउँपालिका कमिटीका इन्चार्ज हिमाल श्रेष्ठले आफ्ना नेता कार्यकर्तालाई यश महामारीको सामना गर्न आफूहरु हरेक क्षेत्रबाट सहयोगी भुमिका खेल्न निर्देशन दिएको जनाउनुभयो । नेता हिमाल श्रेष्ठले सम्पुर्ण एमालेका नेता तथा कार्यकर्तालाई आज मात्र नभएर समाज का हरेक समस्या मा हटलाइ रहन निर्देशन गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार