२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ सिजीको घोषणा सँगै इन्टरनेटको प्रतिस्पर्धा नयाँ दिशामा, स्पिड बढाउदै मूल्य घटाउँदै

सिजीको घोषणा सँगै इन्टरनेटको प्रतिस्पर्धा नयाँ दिशामा, स्पिड बढाउदै मूल्य घटाउँदै

सिजी इन्टरनेटले बजार मूल्य भन्दा आधा मुल्यमा दोब्बर स्पिडको इन्टरनेट दिन सुरु गरेसँगै नेपालको इन्टरनेट बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सिजी नेटको घोषणा सँगै ईन्टरनेट कम्पनीहरूमा इन्टरनेटको स्पिड बढाउने र मूल्य घटाउने होडबाजी देखियेको छ ।त्यसो गत पछिल्ला केही महिनादेखि सस्तो मूल्यमा सिजी नेट बजारमा आउने चर्चा चल्न थालेको थियो ।

त्यससँगै इन्टरनेट कम्पनी हरुले एकपछि अर्को आकर्षक प्याकेजहरु सार्वजनिक गर्न थाले ।
वर्ल्डलिङ्कले ७९९ रुपैयाँमा आईपीटिभीसहित सस्तो इन्टरनेट प्याकेज बजारमा ल्यायो । लगत्तै क्लासिक टेकले त्यसलाई काउन्टर दिँदै ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी सार्वजनिक गर्यो ।

त्यस्तै भायनेटले नेपालमै पहिलो पटक १०० एमबीपीएस गतिको इन्टरनेट (तीन वटा भायटिभी सहितको वार्षिक प्याकेज २१ हजार ६०० रुपैयाँमा)अफर सार्वजनिक गर्यो ।
उसले ६० एमबीपीएस प्याकेजलाई सोही मूल्यमा १०० एमबीपीएस पुर्यायो । त्यसलाई समेत काउन्टर दिन क्लासिक टेकले सोही अनुसारको प्याकेज १८०० रुपैयाँमा उपलब्ध घोषणा गर्यो ।

बजारमा आफूलाई अब्बल देखाउने सिजीले भने एक कदम अगाडि बढ्दै गएको १८ जेठमा चल्तिको मूल्यभन्दा आधा सस्तोमा थप स्पिड सहित १२० एमबीपीएस गतिको इन्टरनेट ल्यायो ।
सिजीको इन्ट्रीसँगै इन्टरनेट बजारले नयाँ दिशा समातेको छ ।अब ईन्टरनेटसेवा पर्दान गर्ने कम्पनी हरु ले सस्तो मूल्यमा कम स्पिडको इन्टरनेटको ठाउँमा कम मूल्यमा बढी स्पिड दिने प्रतिस्पर्धामा देखिएका छन् ।

मासिक ६०० रुपैयाँमा डिशहोम टिभी प्रयोग गरिरहेका ग्राहकका लागि भन्दै डिशहोमले १० एमबीपीएस इन्टरनेट निःशुल्क गरेको छ भने मासिक २३३ रुपैयाँमा ३० एमबीपीएस दिने भये को छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार