२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ युरोकप: होसमा आए एरिक्सन, थप उपचारका लागि अस्पताल लगियो

युरोकप: होसमा आए एरिक्सन, थप उपचारका लागि अस्पताल लगियो

एजेन्सी । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सन होसमा आएका छन् । युईएफएले एरिक्सनको होस आएको र उनलाई अस्पताल लगिएको जनाएको छ ।

डेनिस फुटबल एसोसियनले पनि उनलाई थप उपचारको लागि अस्पताल लगिएको जनाएको छ । एरिक्सन अचेत भएपछि युईएफएले डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित गरेको थियो । खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए । उनलाई मैदानमै सीपीआर दिईएको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।

source

यो पनि

खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस, खेल रद्द

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रद्द भएको ।
डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर लडेपछि खेल रद्द भएको हो ।
खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।
खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार