२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ पाकिस्तान सुपर लिग: फाप डु प्लेसिस घाइते, अस्पताल लगियो

पाकिस्तान सुपर लिग: फाप डु प्लेसिस घाइते, अस्पताल लगियो

एजेन्सी । पाकिस्तान सुपर लिग क्रिकेट दौरान दक्षिण अफ्रीकाका ब्याट्सम्यान फाप डु प्लेसिस घाइते भएका छन् । क्वेटा ग्लाडीयटर्सबाट खेलिरहेका प्लेसिस पेशावर जाल्मीविरुद्धको खेलमा घाइते भएका हुन् ।

उनी फिल्डिङ गर्ने क्रममा आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किदा घाइते भएका हुन् । उनको टाउको मोहमदको खुट्टामा ठोक्किएको थियो । खेल दौरान घाइते भएपछि उनलाई अस्पताल लगिएको छ ।

उनले दोस्रो इनिङ्स नखेल्ने क्वेटाले जनाएको छ । क्वेटाले उनको स्थानमा साइम अयुबलाई मैदान पठाईएको छ । खेलमा जाल्मीले क्वेटालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार