२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ साईबर अपराध न्युनिकरणमा युवाको भुमिका विषयक अभिमुखीकरण सम्पन्न

साईबर अपराध न्युनिकरणमा युवाको भुमिका विषयक अभिमुखीकरण सम्पन्न

दाङ । अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा दाङको तुलसीपुरमा मंगलबार साईबर अपराध न्युनिकरणमा युवाको भुमिका विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । साईबर अपराध, न्युनिकरण, यसको असर, प्रभाव अनि कानुनी प्रावधान र न्यायिक प्रकृयाका विषयमा सहजीकरण गरिएको सहजकर्ता प्रहरी निरिक्षक शर्माको भनाई रहेको थियो ।

महिला पुनस्र्थापना केन्द्र दाङको आयोजनामा युवा संजालहरुको सहकार्यमा युवा सप्ताह कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको ओरेककी कार्यक्रम अधिकृत शुष्मा छिनालले बताउनुभयो । पछिल्लो समयमा बढ्दै गईरहेको साईबर अपराधमा बढि युवाहरुको संलग्नता देखिएको र यसको जोखिममा पनि युवाहरु नै पर्ने हुँदा युवाहरुलाई सचेतनाका लागि कार्यक्रमको आयोजना गरिएको छिनालको भनाई रहेको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता नमुना युवा संसद मदन भुसालले गर्नुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रतिनिधी बम बहादुर बुढा मगर, जिल्ला युवा संजालका अध्यक्ष सुरेश रावत, ग्रिन फाउन्डेसनका प्रतिनिधी दिनेश रेग्मी, बाल युवा संजालकी मुना वि .क. ले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा २२ जना युवाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार