गृहपृष्ठ नाली निर्माणका लागि उपभोक्ता समिती गठन
नाली निर्माणका लागि उपभोक्ता समिती गठन
बुटवल । तामनगर बेथरी सडक खण्डको दानव नदि देखि दक्षिण तर्फ दुबै तिर अनुमानित ५० लाखको लागानिमा नाली निर्माण हुने भएको छ । यहि साउन २६ गते मंगलबार बु.उ.म.न.पा. वार्ड न.१५ महदैया चौराहामा महदैया टोल बिकास समितिका अध्यक्ष राम प्रसाद चापागाईंको अध्यक्षतामा बसेको बैठकले नाली निर्माणको लागि उपभोक्ता समिती चयन गरेको छ ।
जसको अध्यक्षतामा चन्द्र बहादुर रोका (कमल), सचिब निरज तिवारी, कोषाध्यक्ष पुर्णकला पौडेल, सदस्य क्रमश सीता ढकाल,इश्वर पौडेल(RN),गुन कुमारी रेश्मी,तुल्सी राम उपाध्याय,सन्दिप रिजाल र प्रमिला पौडेल चयन भएका छन भने अनुगमन समितिमा राम प्रसाद चापागाईं,फणिराज उपाध्याय र बेधा निधि रिजाल रहेका छन ।
कार्यक्रममा बुटवल १५ का वडा अध्यक्ष डम्बर बहादुर भन्डारी,सेमलार प्रीन्टिङ् प्रेसका संचालक तथा सुनौलो लोकछाहरी सहकारी संस्थाका निबर्तमान अध्यक्ष प्रेम पौडेल,सेमलार व्यापार संघका अध्यक्ष देबि प्रसाद शर्मा,व्यापार संघका निबर्तमान अध्यक्ष फणिराज उपाध्यायको उपस्थिति रहेको थियो ।





