गृहपृष्ठ रुसी सेनाद्वारा युक्रेनको एक टापु कब्जा
रुसी सेनाद्वारा युक्रेनको एक टापु कब्जा
काठमाडौं । रुसी सेनाले युक्रेनको एक टापु कब्जा गरेको छ । युक्रेनको सीमा सुरक्षा बलले कृष्ण सागरमा अवस्थित स्नेक आइल्याण्ड कब्जा गरिएको बताएको हो । ‘हामीलाई प्राप्त जानकारी अनुसार स्नेक आइल्याण्ड कब्जामा लिइएको छ’, सीमा सुरक्षा बलले बिहीबार जानकारी दिएको छ ।
ओडेसा प्रशासनिक क्षेत्र अन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको पनि बलले जानकारी गराएको छ । रुसी सेनाले कब्जा गरेको स्नेक आइल्याण्डको सीमाना रोमानियासँग जोडिएको छ । समतल अनलाईन






