२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ १३ किलो चरेस सहित ७० वर्षीय एक वृद्ध पक्राउ

१३ किलो चरेस सहित ७० वर्षीय एक वृद्ध पक्राउ

कैलाली । कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक वृद्धलाई पक्राउ गरेको छ । बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चुरे गाउँपालिका-५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ गरेको हो ।

जाग्रीको घरमा खानतलासी गर्दा १२ पोका कालो प्लाष्टिकमा बेरेको अवस्थामा लागुऔषध (चरेस) बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतिमा नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार