गृहपृष्ठ प्रतिनिधिसभाको बैठक फाल्गुन १५ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक फाल्गुन १५ गतेसम्मका लागि स्थगित
काठमाडौं, १३ फाल्गुन। प्रतिनिधिसभाको आज शुक्रबारको बैठक आज पनि स्थगित भएको छ। संघीय संसदको सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना टाँसेर विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।
हिजो बिहीबार बस्दै नबसी स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो। आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको जनाइएको छ।






