गृहपृष्ठ नेपालमा गत २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : देखियो ३४३९ संक्रमित
नेपालमा गत २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित : देखियो ३४३९ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ हजार २०९ नमूना स्वाबको पीसीआर परीक्षण गरिएको र त्यसमध्ये ३४ सय ३९ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।सक्रिय संक्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ११ सय २६ रहेको छ भने हालसम्म ६८ हजार ६६८ ले कोरोना जितेर घर फर्किसकेका छन् ।
संक्रमितमध्ये १६ सय ८४ काठमाडौँ उपत्यकाका मात्र रहेका छन् । डा।गौतमले काठमाडौँ जिल्लामा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९२ जनामा कोरोना संक्रमण देखिएको बताए ।
काठमाडौंका ६ सहित थप १५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो स्
नेपालमा बुधबार एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।
यसअघि मंगलबार नेपालमा ९ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।





