२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ कोरोना अस्पताल बुटवलमा आज थप १ संक्रमितको मृत्यु

कोरोना अस्पताल बुटवलमा आज थप १ संक्रमितको मृत्यु

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । असोज २० गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर जांच गराउंदा पोजेटिभ आएका देवदह १० का ७९ वर्षीय पुरुषको सोमवार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । उनलाई आइतवार थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । मृतकमा दम, मधुमेह र उच्चरक्तचापको समस्या थियो । योसंगै अस्पतालमा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार