२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ सांसद कंडेलले गरे युवा सचेतना संस्थाको कार्यालयको उद्दघाटन

सांसद कंडेलले गरे युवा सचेतना संस्थाको कार्यालयको उद्दघाटन

युवा सचेतना संस्थाले पश्चिम् नवलपरासीको परासीमा स्थापना गरेको कार्यालयको सोमबार उद्धघाटन गरिएको छ । जिल्लाको रामग्राम–२ मा आफ्नो कार्यालयको उद्घाटन गर्दै संस्थामा सदस्यहरुलाई पोशाक समेत वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष ईमामुल अलिको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर प्रसाद राय, वडा अध्यक्ष चन्द्रिका अग्रहरी, नेपाली काङ्ग्रेस नवलपरासीका सभापति विष्णु पौडेल लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो भने नेपाली काङ्ग्रेसका नेता अनिल गोैड रामग्राम नगरपालिका २ न. वडाका वडा सदस्य सुनिता श्रेष्ठ, धिरज हलुवाई, बिमला हरिजन उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार