गृहपृष्ठ प्रदेश-१ मा ४४५ संक्रमित थपिए, १४२ जना डिस्चार्ज
प्रदेश-१ मा ४४५ संक्रमित थपिए, १४२ जना डिस्चार्ज
प्रदेश १ मा दिनानुदिन कोरोना भाइरस कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दो छ। सोही क्रममा बुधबार प्रदेशमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १ सय ९७, मोरंगमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा समान १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा ४९ महिला र ६५ पुरुष गरि कुल १ सय १४ जनामा संक्रमण देखिएको छ। सुनसरीकै इनरुवा नगरपालिकामा ४८, इटहरी उपमहानगरपालिकामा १९, दुहवी नगरपालिकामा ८, बराहक्षेत्र नगरपालिका र बर्जु गाँउपालिकामा समान २, रामधुनी नगरपालिका र हरिनगर गाँउपालिकामा समान १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
मोरंगको विराटनगर महानगरपालिकामा १ सय ९, सुन्दरहरैचा नगरपालिकामा ३२, रंगेली नगरपालिकामा १६, पथरीशनिश्चरे नगरपालिकामा ९, सुनबर्षी नगरपालिकामा ६, बुढीगंगा गाँउपालिकामा ४, बेलबारी नगरपालिका र जहदा गाँउपालिकामा समान २, रतुवामाई र लेटाङ नगरपालिका र कटहरी, कानेपोखरी, ग्रामथान गाँउपालिकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
झापाको भद्रपुर नगरपालिकामा १३, दमक नगरपालिकामा १०, मेचीनगर नगरपालिकामा ७, विर्तामोड नगरपालिकामा ५, बुद्धशान्ति गाँउपालिका र कनकाई नगरपालिकामा समान ३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
पहाडी क्षेत्रतर्फ उदयपुरको चौदण्डीगढी गाँउपालिका र बेलका नगरपालिकामा समान ३, धनकुटाको शहिदभूमी गाँउपालिका र इलामको सुर्योदय नगरपालिकामा समान १ र प्रदेश १ बाहिरका ९ जना रहेकाछन् । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ६ सय १५ पुगेको छ।
अर्कोतर्फ, प्रदेशमा बुधबार १ सय ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट १ सय ३६, झापाको मेची अस्पतालबाट ४ र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ।
प्रदेश १ मा बुधबार १ हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १ सय ६२ महिला र २ सय ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
हालसम्म १ लाख ४० हजार ९ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।






