गृहपृष्ठ मुडेरा कब्बडी ( कपर्दी ) प्रतियोगिताको उपाधि गोपिगन्जलाई
मुडेरा कब्बडी ( कपर्दी ) प्रतियोगिताको उपाधि गोपिगन्जलाई
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न.२. मुडेरामा आयोजित प्रो मुडेरा कब्बडी (कपर्दी) प्रतियोगिताको प्रथम उपाधी पाल्पालि मेडिकल गोपिगन्जले हात परेको छ । लायन्स युवा क्लब पाल्हिनन्दन-२ मुडेराको आयोजनामा ४ दिन सम्म संचालित प्रतियोगितामा २५ टिमको सहभागीता रहेको थियो ।
आज एक कार्यक्रम बीच पुरस्कार वितरण समेत गरिएको छ । कपर्दी प्रतियोगिता समितीका अध्यक्ष हरिराम सहानीको अध्यक्ष्ता तथा प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलको प्रमुख आथित्यता , लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको विशिस्ट आथित्यता तथा पाल्हिनन्दन गाउपालिका वडा न.२ का वडा अध्यक्ष रामनगिना सिङको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने पाल्पाली मेडिकल गोपिगन्जलाइ बोका र मेडल तथा दोस्रो स्थान प्राप्त गर्ने आयोजक द लायन्स युवा क्लब मुडेरालाइ ७ के.जि. कुखुरा र मेडल र तेस्रो स्थान प्राप्त गर्ने हाम्रो फुलवरिया-बि टिमलाइ ५ के.जि. कुखुरा र मेडल पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।






