गृहपृष्ठ पश्चिम् नवलपरासीमा सामुहिक बलात्कार , २ जना पक्राउ
पश्चिम् नवलपरासीमा सामुहिक बलात्कार , २ जना पक्राउ
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा एक जना बालिकाको सामुहिक बलात्कार भएको छ । जिल्लाको पाल्हिनन्दन गाउपालिका वडा नं. २ भक्सिपुर बस्ने १५ वर्षीय बालिकाको पाल्हिनन्दन गाउपालिका वडा नं. २ अमानिगन्ज बस्ने ७ जना मिलि उक्त घटना घटाएका हुन् । घटना मिति २०७७/०७/२७ गते विहिवार राती करिब ८ बजे उक्त बालिकाको घरको पम्पबाट अपहरण गरि झरही नदिको पारी करिब २ किलोमिटर टाढा लगी उक्त निन्दनीय घटना घटाएको पीडित बालिकाकी आमाले जानकारी दिएकी छन् ।
घटनामा संग्लग्न ७ जना व्यक्तिहरु मध्ये २ जना पाल्हिनन्दन गाउपालिका वडा न; २ आमानिगन्ज बस्ने कृष्ण गुप्ता र किसन सहानीलाई प्रहरीले पक्राउ गरेको तथा घटनाको खोजअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । पीडित परिवारले घटनाको मुद्दा दर्ता समेत गराएका छन भने मेडिकल रिपोर्ट अनुसार घटनाको थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घटना मिलाउन धम्की तथा पैसाको लालच समेत आएकोले ज्यूज्यानको रक्षा गर्न प्रहरी संग परिवारले आग्रह समेत गरेको छ ।





