२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ हतियारसहित एकजना पक्राउ

हतियारसहित एकजना पक्राउ

मोरङ प्रहरीले मिक्लाजुङ–१ सिलिलिङका अमृतबहादुर श्रेष्ठलाई हतियारसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले हिजो दिउँसो अरुण भनिने ५८ वर्षीय अमृतलाई घरबाटै पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा हतियार लुकाईछिपाई राखेको भन्ने विशेष सुराकका आधारमा उनको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५०० ग्राम बारुदसमेत फेला पारी बरामद गरेको हो ।

हतियारसहित पक्राउ परेका श्रेष्ठउपर हातहतियार खरखजना मुद्दामा कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार