गृहपृष्ठ नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई घाइते
नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई घाइते
प्रतापपुर सेमरी हाटबजार रोडमा धनगढीबाट आएको मोटर्साइकलले साइकल यात्रुलाई ठक्कर दिएर पार्किङ गरेर राखेको लु १ ख ८०१५ नम्बरको ट्रकमा ठोक्कीदा मोटर्साइल चालक र पछाडी सवार घाइते भएका छ्न ।
साँझ ५ :३० बजे चालक मापसे सेवन गरि त्रिवेनि जादै गर्दा मोटरसाइकल अनियन्त्रित भइ साइकललाई ठक्कर दिइ ट्रकमा ठोकिएको थियो । धनगढीबाट आएका त्रिवेनि तर्फ हिडेका दुबै युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका प्रतक्ष्यदर्शीका अनुसार साइकललाई ठक्कर दिदै र बाइक द्रुप गतिमा चलाइ हिडेको र ट्रकमा ठोक्कीन पुगेको बताएका छ्न । अत्यधिक मापसे सेवन गरि मोटरसाइकल चलाउन नसकेको हुनाले ट्रकमा ठक्कर दिन पुगेको एक स्थनियबासीले बताए ।





