गृहपृष्ठ प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगितामा झरना स्पोर्टिङ क्लब फाइनलमा प्रवेश
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगितामा झरना स्पोर्टिङ क्लब फाइनलमा प्रवेश
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा झरना स्पोर्टिङ क्लब कुन्जलापुर विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा शिवनगर युवा क्लब, दिपनगरलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सिद्धेश्वर खेल मैदानमा भएको खेलको निर्धारित समयमा झरनाका लागि अजय थापाले ८ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर शिवनगरका सुनिल श्रेष्ठले खेलको १५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
निर्धारित समयको खेल बराबरी भएपछि ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा शिवनगरका सुभाष महतो र सुमन बेल्बासेले बल बाहिर प्रहार गरे । खेलमा शिवनगरका किशोर राना म्यान अफ दि म्याचबाट पुरस्कृत भए । शुक्रबार दोस्रो सेमीफाईनलमा आयोजक सौभाग्य युवा क्लब र सिद्धार्थ युवा क्लब, चपरहट्टिक बीचमा खेल हुने खेल संयोजक चक्र खड्काले बताए । यसै बीच स्वर्गिय प्रचण्ड थैव अक्षयकोष निमार्णको लागि खेलप्रेमी भुपेन्द्र क्षेत्री (हरि) ले ५० हजार रुपैयाँको घोषणा गरेका छन ।





