२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ माधव नेपाल नेकपाको नयाँ अध्यक्ष , ओली बर्खास्त

माधव नेपाल नेकपाको नयाँ अध्यक्ष , ओली बर्खास्त

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वहुमत केन्द्रीय सदस्यको वैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट बर्खास्त गर्दै नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

प्रचण्ड–माधव नेपाल समूहको बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो । नेता नेपाल १२ वर्षपछि फेरि पार्टीको नेतृत्वमा आइपुगेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार