२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ६ वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

डीआईजीमा बढुवा सिफारिस हुनेमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी छन् ।

बढुवा सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।
हेर्नुस् सूची

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार