२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पश्चिम नवलपरासीमा ४३ सक्रिय संक्रमित होमआईसोलेशनमा

पश्चिम नवलपरासीमा ४३ सक्रिय संक्रमित होमआईसोलेशनमा

पश्चिम नवलपरासीमा आज ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको छन् । यस्तै आज जिल्लाको रामग्राम नगरपालिकाबाट ७ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाईएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तै जिल्लामा आज कोरोना संक्रमित थपिएका छैनन् । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८ रहेको छ । जिल्लामा २० जना महिला र २३ जना पुरुष गरी ४३ जना सक्रिय संक्रमित होमआईसोलेशनमा रहेका छन् । हालसम्म जिल्लामा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो पनि हेरौ:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार