२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सम्पुर्ण श्रद्दालु भक्तजन तथा सरोकारवालाहरुमा सादर अनुरोध

सम्पुर्ण श्रद्दालु भक्तजन तथा सरोकारवालाहरुमा सादर अनुरोध

श्री भैरवनाथबाबाको आशिर्वादले यस मन्दिरको अध्यक्ष भइ सेवा गर्ने अबसर प्राप्त भइ सेवारत रहँदै गर्दा यस मन्दिरको धार्मिक ऐतिहासिक तथा पर्यटकिय महत्वलाइ अझ बढाउने काममा लागि परेको कुरा अबगत गराउन चाहन्छु,यस बिचमा हामीले करिब ५०० बर्ष पुरानो मन्दिर र सेनबंसिय दरबारको पुननिर्माण तथा जिर्णोद्वार गर्ने अबसर प्राप्त गरि दरबारको भाग को काम सकिएको जानकारी गराउदै यहि मिति २०७७/९/२१ गते मङ्गलबारका दिनबिहान ८ बजेदेखि मुल मन्दिरको जिर्णोद्वारको काम सुरु गरिने र त्यसको लागि जिल्ला प्रशासन कार्यालय ,जिल्लास्थित सुरक्षाका सबै निकायहरु, मालपोत तथा गुठीसस्थानका प्रतिनिधिहरु,स्थानिय सरकार ,धार्मीक व्यक्तित्व , संचारकर्मी तथा आम श्रद्दालु भक्तजनहरुको उपस्थितिमा वैदिक तथा तान्त्रिक बिधिबाट पञ्चबली सहित क्षमापुजा तथा क्षमा प्रार्थना गरि मन्दिरको गजुरलाइ निकाल्ने र मन्दिरको भाग भत्काइ निर्माण कार्य सुरु गर्न लागिएकोले उक्त महत्वपुर्ण कार्यक्रममा उपस्थित भइदिनुहुन अनुरोध छ।

 

मन्दिरको जिर्णोद्वारको काम सुचारु भइरहदापनि भक्तजनहरुको आश्था र विश्वासलाइ मध्यनजर राखी नियमित पुजापाठ ,दर्शन र बली चढाउने कार्य नरोकिने कुराको समेत सबैमा अनुरोध छ।

थप जानकारी लिनुपरेमा

अध्यक्ष तुल बहादुर अधिकारी – ९८५७०२९८३१

उपाध्यक्ष आशिष् दुधराज – ९८५७०६०४५७

सचिव नवराज ज्ञवाली – ९८४७१२८४५१

सहसचिव विमला प्रधान – ९८४७११३०५७

व्यवस्थापक मीन बहादुर बुढाथोकी – ९८५७०६५९०९

स्थानिय सरकार वडा अध्यक्ष दुर्गा प्रसाद खनाल – ९८५०७९१००

तथा समितिको कार्यालयमा सम्पर्क गर्नुहुन सबिनय अनुरोध छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार