गृहपृष्ठ सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनीद्धारा मृत्यु दाबी रकम भुक्तानी
सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनीद्धारा मृत्यु दाबी रकम भुक्तानी
सिरहाको लहान स्थित रहेको सन नेपाल लाईफ ईन्सेरेन्स कम्पनी लहान ब्रान्चले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । सिरहाको औंरही गाउँ पालिका वडा नम्बर ३ पिपरा गाउँका मृतक रामकलि यादवको श्रीमान राम अशिष यादवलाई सन नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेड लहान ब्रान्चले मृतकको श्रीमानलाई ४ लाख १४ हजार रकमको माछापुच्छ्रे बैंकको चेक ब्रान्च प्रबन्धक उपेन्द्र नारायण महतोले हस्तान्तरण गरेका छन्।
मृतक राम कलि यादवले २०७६ बैशाख ३१ गते मंगलबार सन नेपाल लाईफ ईन्सुरेन्स कम्पनीमा १५ बर्षको लागि सन लाईफ साबधिक जिबन बिमा गराएकी थिइन । बिमा गराएको १६ दिन पछि उनको मृत्यु भएको थियो । यादवको २०७६ जेष्ठ १६ गते छातीमा अचानक दुखाई महसुश भए पश्चात अस्पताल पुर्याउनु भन्दा अगाबै घरमै मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । रामकली यादवको ५० बर्षको उमेरमा मृत्यु भएको सन नेपाल लाईफ इन्सुरेन्स सिरहा शाखाका उप शाखा प्रमुख चन्द्र बिर यादवले जानकारी दिनु भयो ।






