२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ न्यानो कपडा वितरण

न्यानो कपडा वितरण

सामाजिक कार्यमा रहेको अन्तराष्ट्रिय संस्था लायन्स ईन्टरनेश्नलका सस्थापक मेल्बिन जोनको स्मृति दिवस पारेर लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत क्लबले अति बिपन्न मजुवा सिरान टोल स्थित सुर्योदय आधारभुत विद्यालयमा अध्ययरत कक्षा १ देखि ५ सम्मका १ सय ५ विद्यार्थीहरुलाई न्यानो कपड़ा वितरण गरेको हो । एक समारोहका बिच विद्यालय परिसरमा डिस्ट्रिक जिएलटि कोरर्डिनेटर उमंग देबकोटा, इभ्यालुसन टीम मेम्बर राधिका भुसाल, डिस्ट्रिक डिपार्टमेन्ट चिफ एमजेएफ कोपिला रसाइली, डिस्ट्रिक डिपार्टमेन्ट चिफ अमृता कालिराज, रिजन चेयरपर्सन सिता भट्टराई, डिस्ट्रिक मेम्बर अनामिका घिमिरे, डिस्ट्रिक मेम्बर लक्ष्मी अधिकारी, कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष कमला छेत्री, क्लबका सचिव सुमन पछाईले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन ।

विद्यालयका प्रधानाध्यापक इन्दिरा अर्यालले विपन्न वर्गका बालबालिका अध्ययनरत विद्यालयको स्तर वृद्धिमा यहाका सामाजिक संघसंस्थाबाट सहयोग मिलेको बताए । क्लबका अध्यक्ष तुल्सा न्यौपाने सिंहले वार्षिक कार्यक्रम अन्तरगत संस्थाबाट नमुना कामहरु गर्दै आएको बताईन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार