२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ अर्घाखाँचीमा छोराको कुटपिटबाट आमाको ज्यान गयो

अर्घाखाँचीमा छोराको कुटपिटबाट आमाको ज्यान गयो


कृष्ण परियार माघ १, अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका तुम्कोटमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोट नेपाली टोलका विमल नेपालीको कुटपिटबाट हिरा कुमारी सार्कीको ज्यान गएको हो ।

गएराति मदिरा सेवन गरि आएका विमल नेपालीले खाना बनाउने सामान्य विषयमा विवाद आएपछि प्लाष्टिकको पाईपले आमा र बुवालाई कुटपिट गरेका हुन् । कुटपिटबाट ५५ वर्षकी हिरा कुमारी सार्कीको ज्यान गएको छ ।

कुटपिट गरि फरार भएका दोषिलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा लगिएको वडा सदस्य लक्ष्मण पराजुलीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार