गृहपृष्ठ परासीमा निवेदन लेखन तालिम सुरु
परासीमा निवेदन लेखन तालिम सुरु
पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा न- ०५ नेपाल परिवार नियोजन संघको सभाहल परासीमा ३ दिने निवेदन लेखन तालिम औपचारिक रुपमा उदघाटन भइ सुरु भएको छ् ।
राष्ट्रिय दैनिक पत्रीकाका सम्बादाता तथा कार्यक्रम संयोजक बिनय मिश्रको अध्यक्ष्ता तथा पाल्हिनन्दन गाउपालिका प्रमुख बैजु प्रसाद गुप्ता (दिपक) को प्रमुख आतिथ्यता , नेपाल परिवार नियोजन संघ परासीका शाखा प्रवन्धक यमनाथ पौडेल, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष चौथा प्रसार कोहार,मैत्री समाज नेपालका अध्यक्ष राकेश गुप्ता, राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख उमेश बि.क., बुद्ध प्रा.वि. का प्रअ बिनोद पाण्डे , युवा सचेतना संस्थाका अध्यक्ष इमामुल अलि,रामग्राम जेसिस-२०२० का अध्यक्ष सन्दीप अग्रहरी, समाजसेवि सम्साद अन्सारी, शिक्षक दिनेश गुप्ता, सुबाश गुप्ता ,समाजसेवि नित्यान्दन पाण्डेय,आदित्य प्रजापति बाल समुह जिल्ला समन्वय समिती नवलपरासीका भुतपुर्ब उपाध्यक्ष अमरमणी गुप्ता,राष्ट्रिय दैनिकका बजार प्रमुख ग्यानेश्वर सहानी , देवचुली टेलिभिजनका सम्बादाता पत्रकार रन्जीत शर्मा लगायतको आतिथ्यता तथा ५० जना सहभागीको सहभागितामा उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ ।

उमंग मिडिया प्रा.लि. द्वारा संचालित राष्ट्रिय दैनिक पत्रीकाको आयोजना तथा मैत्री समाज नेपाल , हेल्पिङ हेन्ड परासि ,युवा सचेतना संस्था ,उपकार समाज संस्था , योगदान रास्ट्रको लागी पश्चिम नवलपरासी शाखा , भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासी,परिवर्तन सामाजिक बिकास संस्था ,उज्यालो भबिस्य संस्था ,उत्तम सहयोगी समाज संस्था र रामग्राम जेसिसको सहकार्य तथा देवचुली टेलिभिजन ,गण्डकी आज , उदयमान रास्टिय अनलाइन पत्रीकाको मिडिया सहकार्य एवम् पाल्हिनन्दन गाउपालिकाका प्रमुख बैजु प्रसाद गुप्ता, समाजसेवि सम्साद अन्सारी, गुड्डु गुप्ता लगायत सहयोग दाताहरु सहयोगमा कार्यक्रम सन्चालन भइ रहेको छ । आज तालिमको पहिलो दिन पत्रकार रन्जीत शर्मा , अधिकृत छठौ नन्दलाल प्रजापतिद्वारा कक्षा संचालन गरिएको थियो भने तालीम आज गतेबाट सुरु भइ ०४ गते समापन हुनेछ तथा प्रत्येक दिन अनुभवी लेखनदास द्वारा तालिम संचालन हुने आयोजकले जनाएको छ ।





