२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ पश्चिम नवलपरासी केरा उत्पादक संघमा पुनः लख्खु यादव चयन

पश्चिम नवलपरासी केरा उत्पादक संघमा पुनः लख्खु यादव चयन

नवलपरासी केरा उत्पादक संघको चौथो साधारणसभा तथा तेस्रो अधिवेशन शनिवार मर्चहवामा सम्पन्न भएको छ । सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता र पश्चिम नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै अध्यक्ष पाण्डेले कृषकका समस्या समाधान गर्न गाउँपालिका अग्रसर रहेको बताउनुभएको छ ।

किसानका लागि आवश्यक केरा बिमाका लागि पन्ध्र लाख बजेट विनियोज सुस्ता गाउँपालिकाले गरेको समेत जानकारी दिनुभयाे । त्यस्तै सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा दुई करोड बजेट बराबरको पाच हजार मेट्रीक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणकार्य भइरहेको तथा एक बर्ष भित्र सुचारू हुने बताउनुभयाे । कार्यक्रमा पश्चिम नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सुस्ता र प्रतापपुर गाउँपालिकामा तीन हजार भन्दा बढि घरपरिवार किसानहरुले केराखेती गरिरहेको बताउनुभयो । अध्यक्ष यादवले किसानहरुलाई सरकारले समयमा खाद्य माल बिउविजन उपलब्ध गराउन नसक्दा झन मकार्ममा परिरहेको बताउनुभयाे । कोषाध्यक्ष हरि गोविन्द कोईरीले संस्थाको आय ब्याय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा उत्कृष्ट केरा किसान, केरा ब्यबसायी संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । साधारणसभामा पिएम परियोजनाका रामप्रसाद पाण्डे,प्रतापपुर गापा वडा नं ८ का वडा अध्यक्ष कादिर अलि अन्सारी, सुस्ता ३ का वडा अध्यक्ष राजकुमार महत्तो, नन्दलाल गुप्ता , बेचन कोइरी लगायतका अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुदामा कोइरी र कार्यक्रम संचालन हिरालाल दुषादले गर्नु भएकाे थियाे । साधारणसभाको कार्यक्रम समापन पछि बन्द सत्रमा लख्खु प्रसाद यादव अध्यक्षमा पुनः निर्विरोध चयन हुनु भएकाे हाे । वहाको नेतृत्वमा ११ सदस्यीय मुल कार्यसमिति निर्विरोध चयन हो ।

जसको वरिष्ठ उपाध्यक्षमा सुदामा कोइरी, उपाध्यक्षमा सरोज यादव , महासचिवमा मदन कोइरी , सचिव बेचन कोइरी , कोषाध्यक्ष हरि गोविन्द कोइरी, सदस्य चन्द्रकला कोइरी , धिरेन्द्र गुप्ता , संजय कोहार , मोतीलाल कोइरी र उत्रिचन्द भर रहनु भएको छ । त्यसैगरी हरिलाल दुषादको संयोजकत्वमा पाच सदस्यीय लेखा समिति र कादिर अलि अन्सारीको संयोजकत्वमा पाच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार