गृहपृष्ठ शनिबार भरतपुरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै : प्रधानमन्त्री ओली
शनिबार भरतपुरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भरतपुरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दैछन ।
नेकपा चितवनले आयोजना गरेको जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह लगायतले सम्बोधन गर्दैछन । यसका लागि भरतपुर बसपार्क परिषरमा मञ्च व्यवस्थापन लगायतको काम पुा भएको छ । भने सभास्थल वरिपरि ठूलो संख्यामा शशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ ।
प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेपनि मौसम प्रतिकुलताका कारण केही समय पर धकेलिने भएको नेकपा चितवनका कार्यालय संयोजक पार्वती रावलले जानकारी दिइन् ।
रावलका अनुसार जनसभामा जिल्लाका गाउँगाउँबाट आम जनसमुदायको ठूलो संख्यामा उपस्थिति रहने छ । जिल्लाका प्रत्येक वडाबाटसभास्थलमा आउने जनसमुदायलाई तीन ठाउँमा जम्मा भएर र्यालीसहित आउने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।
पूर्वबाट आउने जनसमुदायलाई भरतपुरको वसन्तचोक, पश्चिमबाट आउने जनसमुदायलाई चौबीसकोठी र उत्तरबाट आउने जनसमुदायलाई मालपोतचोकमा जम्मा भई र्यालीसहित आउने व्यवस्था गरिएको उनले बताइन् ।
सभालाई सम्बोधन गर्नु अघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ र भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
श्रोत : लेखाजोखा डटकम
यो पनि हेरौ :





