२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ कांग्रेस समिकरणमा जाँदैन : सांसद अर्याल

कांग्रेस समिकरणमा जाँदैन : सांसद अर्याल

सुरेश परियार,रुपन्देही,फाल्गुन १७ ।

लुम्बिनी प्रदेशकी सांसद रमा अर्यालले कांग्रेस पार्टिले समिकरण नगर्ने बताएकी छन् । काग्रेस नेतृ समेत रहेकी अर्यालले कम्युनिष्ट संग सहकार्य नगर्ने तर्क गर्दै अव कांग्रेस एकलै चुनावमा होमिने समेत बताएकी हुन् ।लोकतन्त्रमाथी कुठाराघात गर्ने,संविधानलाई नै कुल्चीएर असंवैधानिक कदम चाल्ने कम्युनिष्ट संग पार्टि समिकरणको कुनै औचित्य नभएको उल्लेख गरिन् । बर्तमान सरकार जनता र देशको हितमा काम गर्ने बेला कुर्सी पाउने दाउमा लागेको आरोप समेत उनले लगाईन् ।

कांग्रेस भातृसंगठन नेपाल महिला संघ रुपन्देही जिल्ला कार्य समितिको आयोजनामा आज ९सोमबार०सैनामैनामा भएका पदाधिकारी भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सासद अर्यालले काग्रेस पार्टि सुदृढ हुन आवश्यक रहेकोमा जोड दिइन् । जव सम्म संगठन विस्तार र बलियो हुदैन तव सम्म काग्रेस अघि बढ्न नसक्ने जिकिर समेत गरिन् । काग्रेसलाई चलायमान गराउन काग्रेस निकट भातृ तथा शुभेच्छु संगठनहरु बलियो र जुजारु हुनुपर्ने बताइन् ।

यस्तै,कार्यक्रममा नेपाल महिला संघ रुपन्देही जिल्ला सभापति गंगा शाहिले रुपन्देहीका १६ वटै स्थानीय तहमा छलफलका कार्यक्रम अघि बढाइएको बताएकी छन् । राजनितिको मुलधारमा महिलाहरुको पनि सहभागिता र नेतृत्व हुनुपर्ने बताउंदै प्रत्येक स्थानीय तहका वडा देखि नगर सम्म समिति गठनका लागी गृहकार्य भईरहेको जानकारी दिइन् ।

कार्यक्रममा काग्रेस नगरसभापति रामप्रसाद अधिकारीले अवको पार्टिका वडा,टोल नगर,जिल्ला,क्षेत्र,प्रदेश र केन्द्रमा महिलाहरुको सुनिश्चित गरिएको बताएका छन् । महिलाहरुलाई शसक्तिकरण गरि नेतृत्व प्रदान गर्न गरि पार्टि लागी परेको तर्क समेत अधिकारीले गरे । अधिकार प्राप्तका लागी महिला स्वयं जागरुक पनि हुन जरुरी रहेको अधिकारीले औलाए ।

यसैगरि,कार्यक्रममा महाधिवेशन प्रतिनिधी,कांग्रेस सैनामैना वडा न।१ देखि ११ सम्मका वडा सभापति,क्षेत्रिय प्रतिनिधी,शिक्षक महासंघ लगायतले मन्तब्य बोल्दै संगठीत हुदै पार्टिलाई बलियो बनाउनमा सवै लाग्न आग्रह गरेको छन् । लामो समयदेखि भातृसंगठन निष्कृय बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै शसक्त भएर अघि बढ्न आग्रह गर्दै एक्वबद्धता जनाएका थिए । कांग्रेस महिला नेतृ लक्ष्मी जोशीले कार्यक्रमको सञ्चालन गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार